परिचय
दुर्गा भगवती गाउँपालिका नेपालको मधेश प्रदेश (तत्कालीन प्रदेश नं. २) अन्तर्गत रौतहट जिल्लामा अवस्थित एक गाउँपालिका हो। स्थानीय तहको पुनर्संरचनाका क्रममा सन् २०१६ (वि.सं. २०७३) मा साविकका ५ वटा गाउँ विकास समितिहरू (पिपराभलोहीया, गंगापिप्रा, मत्सरी, पचरुखी र बडहर्वा) लाई समेटेर ५ वटा वडासहित यस गाउँपालिकाको गठन गरिएको थियो। कुल १९.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा सन् २०२१ को जनगणना अनुसार ४,१२४ घरधुरी र २२,५९९ जनसंख्या रहेको थियो भने , जसको जनघनत्व प्रति वर्ग किलोमिटर लगभग १,१०० जना पर्न आउँछ। विविधताले भरिएको यस क्षेत्रमा हिन्दू, मुस्लिम र इसाई धर्मावलम्बीहरूको बसोबास रहेको छ भने यहाँ स्थानीय स्तरमा मुख्यतया बज्जिका, थारू र नेपाली भाषा बोलिन्छ। भौगोलिक रूपमा २६ डिग्रि ४८ मिनेट उत्तर देखि २६ डिग्रि ५१ मिनेट ५९ सेकेन्ड उत्तरी अक्षांश सम्म र ८५ डिग्रि १७ मिनेट ३४ सेकेन्ड पूर्व देखि ८५ डिग्रि २१ मिनेट ११ सेकेन्ड पुर्वी देशान्तरमा अवस्थित यस गाउँपालिकाको क्षेत्र कोड ०५५ र हुलाक कोड ४४५०० रहेको छ।
प्रशासनिक नक्सामा हेर्नुभयो भने, दुर्गा भगवती गाउँपालिकाको ५ वटा वडाहरू स्पष्ट रूपमा देख्न सकिन्छ। यस गाउँपालिकाको सीमाना पश्चिमतर्फ यमुनामाई गाउँपालिका, उत्तरतर्फ माधव नारायण नगरपालिका, दक्षिणतर्फ राजदेवी नगरपालिका र पूर्वतर्फ सर्लाही जिल्लासँग जोडिएको छ। यस गाउँपालिकाको वडा नं. ५ को केहि भाग बागमति नदी देखि पूर्व सर्लाही जिल्ला सम्म पनि फैलिएको छ ।
Source: Durga Bhagawati Website